Posts

you are missing this

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

Image
  कपिलवस्तुका लागि उत्कृष्ट जिम** – उच्च गुणस्तरीय उपकरण, आधुनिक सुविधाहरू, र पेशेवर प्रशिक्षणसँगै, स्वस्थ शरीर र तन्दुरुस्त मस्तिष्कका लागि यहाँ नै आउनुहोस्! कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ! शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बाणगंगामा युवा उद्यमी सुगम खनाल र सुशील आचार्यद्वारा एक अत्याधुनिक जिमको शुभारम्भ गरिएको छ। चार नम्बरमा अवस्थित यो जिम हाउस विलासी जीवनशैलीले निम्त्याउने शारीरिक र मानसिक समस्याहरूलाई लक्षित गर्दै, स्वस्थ जीवनशैलीको थालनी गर्न उत्कृष्ट स्थान हो।  यो जिम हाउस पुरुष र महिलाहरूका लागि सबै उमेर समूहलाई लक्षित गरेर डिजाइन गरिएको छ। यहाँका सेवाहरू अत्याधुनिक छन्, र स्वास्थ्य र तन्दुरुस्तीको क्षेत्रमा नयाँ युगको सुरुवातको प्रतीक बनेको छ।  ### **जिममा उपलब्ध प्रमुख सुविधाहरू**   - **प्रशिक्षित ट्रेनरहरू**: तपाईंको फिटनेस यात्रामा सहयोग पुर्याउन योग्य र अनुभवी ट्रेनरहरू उपलब्ध छन्।   - **कार्डियो क्लासहरू**: दिलको स्वास्थ्य सुधार गर्न र फिटनेसको स्तर बढाउन नियमित कार्डियो क्लासहरू उपलब्ध छन्।   - **वजन घटाउने मेशिनहरू**: वजन घटाउनका लागि विशेष प्रकारका उपकरणह

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे

 भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन् । काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन । नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्काे जिल्ला पठाएका हुन । बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको छ । काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटमा जनप्रतिनिधिहरुले बताएका छन । बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिम लगिएको छ । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्ने पर्नेमा राजनीतिक पहुँच देखाउन थालिएको भन्दै पीडित आक्रोशित भएका छन । मन्त्री शर्माले भने भारत सरकारले उपलब्ध गराएको राहत वितरणमा आफुले सहजिकरण गरेको दाबी गरेका छन । भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा

नेपालकै पहिलो ‘साइकल प्लाङक ब्यालेन्स'दोस्रो संस्करण असोज २७ गते हुने! १३ लाख खर्चेर जनै बबाल गर्ने।

Image
  गत वर्ष  पटक’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको गर्ने भएको छ । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको तयारीबारे जानकारी गराउन आज शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले प्रतियोगितामा सबैलाई सहज हुनेभएकाले पहिलेकै स्थान जिल्लाको बाणगंगा नगरपालिका ३ राजापानीको एक पोखरीमा गर्न लागेको बताउनु भएको छ । यहि असोज २७ गते हुने खेलमा विश्व साइकलयात्री अजित बराल आउने पनि उहाँले बताउनु भएको छ । प्रतियोगिताको लागि आबेदन खुला गरिएकोले प्रतियोगितामा सहभागी हुन चाहानेहरुले अबेदन फर्म भर्न सक्ने पनि उहाँले बताउनु भयो । गत वर्ष १४५ जनाले रजिष्ट्रशन फर्म भरेका थिए भने अहिले करिब २५० देखि ३०० जनाले आबेदन दिने क्लबको अनुमान रहेको छ । आबेदनको लागि रजिष्ट्रेशन शुल्क १५ सय लाग्ने र टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थ

कपिलवस्तुमा कृषि सामाग्री केन्द्रबाट लगेको ५४ बोरा मल सहकारीका अध्यक्षको ससुराली घरमा

Image
 कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल वितरणमा अनियमितता देखिएको छ । यसरी अनियमितता गर्नेमा मल वितरणको अनुमति पाएका कृषि सहकारी रहेका छन् । सरकारले हरेक जिल्लामा रासायनिक मल प्रशष्त पठाए पनि वितरणको जिम्मा पाएका सहकारीले बदमासी गर्दा किसानसम्म मल नपुगेको भन्दै धान दिवसको दिन असार १५ मा कृषिमन्त्री एक कार्यक्रममा जंगिएका थिए । कृषि मन्त्रीको त्यो स्विकारोक्तीलाई पुष्टि गर्ने एउटा उदाहरण कपिलवस्तुमा छ । कपिलवस्तुको शुद्दोधन गाउँपालिका ३ लवनीमा रहेको एक कृषि सहकारीले कृषि सामाग्री केन्द्र तौलिहवाबाट लगेको मल आफ्ना मान्छेको घर पुर्याएको पाइएको छ । यो कुराको बारेमा कपिलवस्तुका पत्रकार मोहन बेलबासेले सार्वजनिक गरेका छन् । सोमबार साँझ उनले फेसबुकमा यो कुरा सार्वजनिक गरेका हुन् । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका उनका अनुसार तौलिहवाबाट लगेको मल ओम कृषि सहकारी संस्थाले आफन्तको घरमा पुर्याएको छ । यो थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको पनि उनले लेखेका छन् । उनका अनुसार सहकारीका अध्यक्ष भगिरथी यादवले तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल ससुराली घर शुद्धोधन ६ मा रहेको

लियो क्लव अफ कपिलवस्तुमा नयाँ नेतृत्व चयन।

Image
कपिलवस्तुको सामाजिक तथा मानवीय कार्यमा सक्रिय लियो क्लव अफ कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । आईतवार कपिलवस्तुको बाणगंगा १ बैरिया स्थिति एवरग्रिन होटेलमा भएको लियो क्लव अफ कपिलवस्तुको ६औंअधिबेशनमा लियो कपिल देव भट्टराईको अध्यक्षतामा नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ।  लियो समितिको प्रथम उपाध्यक्षमा लियो प्रविन गैतम ,द्वितीय उपाध्यक्षमा लियो मधुसूदन गन्धर्व ,तृतीय उपाध्यक्षमा लियो दिपक अर्याल , चौथो उपाध्यक्षमा लियो हरि गैरे र पाँचौ उपाध्यक्षमा लियो हरि अधिकार निर्बाचित भएका छन भने सचिवमा आशिष भट्टराई , सहसचिवमा केशव खनाल, कोषाध्यक्षमा शेष्कान्त मरासिनी, सहकोषाध्यक्षमा बिनोद बाबू गैरे, रेमरमा पशुपति गिरी , टेल टुईस्टरमा श्रीधर पन्त , प्रेस प्रमुखमा सचिन भट्टराई , जन सम्पर्क प्रमुखमा शिशिर शर्मा र क्लव डाईरेक्टर आयुष अर्याल निर्बाचित भएका छन । कार्यक्रम लियो क्लवका वर्ष २०२२र२३ अध्यक्ष लियो सागर बन्जाडेको अध्यक्षतामा भएको थिय‍ो भने कार्यक्रममा प्रमुख अथिति धातानन्द भुसाल , राम सुमागे थारू , लियोका पुर्व अध्यक्ष पाण्डव भण्डारी , लायन्सका दामोदर पन्थी, लियो को–ओर्डिनेट

लियो क्लाव अफ कपिलवस्तु र श्री नव प्रभात तथा ऋण सहकारीको सहकार्यमा निःशुल्क आँखा शिविर।

Image
बाणगंगा  न.पा.-९, बर्दहवा कपिलवस्तु‌मा लियो क्लाव  अफ कपिलवस्तु र श्री नव प्रभात तथा ऋण सहकारी संस्था सहकार्यमा सगरमाथा विधा मन्दिरमा निःशुल्क आँखा उपचार शिविर संपन्न भएको छ। कार्यक्रमबाट स्थानिय दुई सय सत्तरी जानले नि:शुल्क आँखा शिविरबाट लाभान्वित भएको नव प्रभाव बचत तथा ऋण सहकारीका  सचिव दिपक कुवाँरले जनकारी दिए। बर्दिहवाका धेरै जेष्ठ नागरिकमा मोतिविन्दको समस्या देखिएको र  शल्यक्रिया पनि गर्नुपर्ने बिमारी पनि शिविर देखिए। कार्यक्रममा सम्बोधन गर्दै लियो क्लावका अध्यक्ष सगर बनजाडे भने:यस किसिमका कार्यक्रमहरू कुनै पनि संस्थाको समाजिक दहित्यो अन्तर गत पर्न र यश किसिमका कार्यक्रमहरू आगामी दिनहरूमा अरू पनि गर्नुपर्नु र स्थानीय सरकारहरूले पनि यस किसिमका समाजिक दहित्यो कार्यक्रममा आवश्यक बजेट सयो गर्नु पर्ने  भन्ने उनको जोड थियो। कार्यक्रममा प्रमुख अथिति लगायत अन्य अथितिते यसै कुरामा जोड दिनुभयो ।

ओदारीमा १लाख बराबरको अबैध चिनी बरामद।

Image
कपिलवस्तु जिल्लाको बाणगंगा बाट अबैध करिब १ लाख बराबरको चिनी बरामद गरिएको छ । बाणगंगा नगरपालिका ११ ओदारी बाट भंसार छली गरि ल्याएर वेबारिसे अवस्थामा सडक छेउमा राखिएको ४० बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले ९९ हजार १ सय ५० बराबरको उक्त अवैध चिनी फेला पारी आवश्यक कारबाहीको लागि सुठौली भंसार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।