लियो क्लव अफ कपिलवस्तुमा नयाँ नेतृत्व चयन।

कपिलवस्तुको सामाजिक तथा मानवीय कार्यमा सक्रिय लियो क्लव अफ कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ ।

आईतवार कपिलवस्तुको बाणगंगा १ बैरिया स्थिति एवरग्रिन होटेलमा भएको लियो क्लव अफ कपिलवस्तुको ६औंअधिबेशनमा लियो कपिल देव भट्टराईको अध्यक्षतामा नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। 
लियो समितिको प्रथम उपाध्यक्षमा लियो प्रविन गैतम ,द्वितीय उपाध्यक्षमा लियो मधुसूदन गन्धर्व ,तृतीय उपाध्यक्षमा लियो दिपक अर्याल , चौथो उपाध्यक्षमा लियो हरि गैरे र पाँचौ उपाध्यक्षमा लियो हरि अधिकार निर्बाचित भएका छन भने सचिवमा आशिष भट्टराई , सहसचिवमा केशव खनाल, कोषाध्यक्षमा शेष्कान्त मरासिनी, सहकोषाध्यक्षमा बिनोद बाबू गैरे, रेमरमा पशुपति गिरी , टेल टुईस्टरमा श्रीधर पन्त , प्रेस प्रमुखमा सचिन भट्टराई , जन सम्पर्क प्रमुखमा शिशिर शर्मा र क्लव डाईरेक्टर आयुष अर्याल निर्बाचित भएका छन ।












कार्यक्रम लियो क्लवका वर्ष २०२२र२३ अध्यक्ष लियो सागर बन्जाडेको अध्यक्षतामा भएको थिय‍ो भने कार्यक्रममा प्रमुख अथिति धातानन्द भुसाल , राम सुमागे थारू , लियोका पुर्व अध्यक्ष पाण्डव भण्डारी , लायन्सका दामोदर पन्थी, लियो को–ओर्डिनेटर सन्दिप भट्टराई , लायन्सका सचिव सागर घिमिरे, कोषाध्यक्ष नवदत्त घिमिरे ,लियो सल्लाहकार दिपक कुमार कुँवर  लगायत लियो क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Comments

Popular posts from this blog

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

करार शिक्षाक नियुक्तिमा १लाख १३ हजार लिने पति।

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे