नेपालकै पहिलो ‘साइकल प्लाङक ब्यालेन्स'दोस्रो संस्करण असोज २७ गते हुने! १३ लाख खर्चेर जनै बबाल गर्ने।

 गत वर्ष  पटक’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको गर्ने भएको छ ।

जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको तयारीबारे जानकारी गराउन आज शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले प्रतियोगितामा सबैलाई सहज हुनेभएकाले पहिलेकै स्थान जिल्लाको बाणगंगा नगरपालिका ३ राजापानीको एक पोखरीमा गर्न लागेको बताउनु भएको छ ।


यहि असोज २७ गते हुने खेलमा विश्व साइकलयात्री अजित बराल आउने पनि उहाँले बताउनु भएको छ । प्रतियोगिताको लागि आबेदन खुला गरिएकोले प्रतियोगितामा सहभागी हुन चाहानेहरुले अबेदन फर्म भर्न सक्ने पनि उहाँले बताउनु भयो । गत वर्ष १४५ जनाले रजिष्ट्रशन फर्म भरेका थिए भने अहिले करिब २५० देखि ३०० जनाले आबेदन दिने क्लबको अनुमान रहेको छ ।

आबेदनको लागि रजिष्ट्रेशन शुल्क १५ सय लाग्ने र टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गर्ने खेल संयोजक विष्णु प्रसाद घिमिरेले जानकारी दिनुभयो । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था गरिने पनि उहाँले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्यले प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नको लागि जिल्लाका हरेक मिडिया लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । लायन्सका हरेक कार्यमा मिडियले सहकार्य गरेको स्मरण गर्दै आफुहरु सधै सकरात्मक भएको उहाँले बताउनु भयो ।

प्रतियोगितामा १२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी हुन पाउने भएपनि १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा अनिवार्य अभिभावकको उपस्थिती र अनुमति लिनुपर्नेछ भने १८ वर्ष भन्दा माथिका ब्यक्तिको हकमा भने जटिल किसिमका समस्या नभएका जसले पनि सहभागिता जनाउन पाउने क्लवले जनाएको छ ।


२७ गते गते बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष प्रतियोगितामा ९ लाख खर्च भएको र यस वर्ष १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

Comments

Popular posts from this blog

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

करार शिक्षाक नियुक्तिमा १लाख १३ हजार लिने पति।

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे