करार शिक्षाक नियुक्तिमा १लाख १३ हजार लिने पति।

 जन जागृती मा वि छत्रकोट १ हुँगा, गुल्मीमा अस्थायी शिक्षक करार नियुक्ति गरेर हाजिर भएपछी  बिना रसिद प्रधानाध्यापकका पति बिष्णु प्रसाद भण्डारीले ३ जना शिक्षकबाट रु ११३०००/- एक लाख तेह्र हजार लिएको खुलेको छ।जस मध्ये कमल कुमालबाट रु ५००००/-, रामदिन गुप्ताबाट रु ३००००/- र उपेन्द्र सिंह भुलबाट रु ३३०००/- लिएको खुलेको हो।


पिडित शिक्षक कमल कुमालका अनुसार आफुलाई नियुक्ति गर्दाको खर्च  रु ३००००/-र भोज खान भनी रु २०००० गरि रु ५००००/- निज भण्डारी ले लिएको जनाएका छन। ११ महिना अघि सो बिधालयमा आएका कुमाल हालै गुल्मीदरबारको सारदा मा बि मा सर्ने क्रममा  आफुले बुझाएको रकमको हिसाब तथा रसिद माग्दा उल्टै साउन महिनाको तलब पनि छोड्नुपर्ने भनी भण्डारीले धम्की दिएपछी पिडितहरुले सो कुरा सार्बजनिक गरेका हुन।


 

Comments

Popular posts from this blog

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे